युनिक्याम्पसको एकेडिमिक मेला हुँदै

युनिक्याम्पसको एकेडिमिक मेला हुँदै

केन्द्रबिन्दु
0
Shares

चितवनको नारायणगढस्थित युनिक्याम्पसमा आज (शनिबार) ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुँदैछ । ‘स्टुडेन्टको भेला, एकेडिमिक मेला’ नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ ।

शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुन लागेको एकेडिमिक मेलामा तालिम प्राप्त सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेका अनुसार पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि यो मेला उपयोगी हुनेछ । विदेश जानुपूर्ब गर्नुपर्ने तयारीबारे आबश्यक जानकारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना हुन लागेको हो । बिहान १० बजे सूरु हुने मेला साझ ५ बजेसम्म चल्नेछ ।

‘यस मेलामा सहभागी हुने सबै विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुने छ ।’ युनिक्याम्पसका निर्देशक घिमिरेले बताए ।

थाइल्याण्ड, वेलायत र अस्ट्रेलियामा शाखा कार्यालय खोलेर सेवा प्रदान गरिरहेको युनिक्याम्पस १८ वर्ष पुरानो संस्था हो ।

Logo