काठमाडौं,
चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँ थियो ।
त्यस यता चार वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा १ खर्ब ६० अर्ब ३ करोड रुपैयाँ थपिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकहरूको चुक्ता पुँजी २ खर्ब ८२ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो । त्यस अवधिमा वाणिज्य बैंकहरूको २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ, विकास बैंकहरूको ३८ अर्ब रुपैयाँ तथा वित्तीय कम्पनीको १३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । २०७२ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी ९८ अर्ब ३ करोड रुपैयाँ थियो । चार वर्षको अवधिमा वाणिज्य बैंकको पुँजी १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ बढेको छ ।
खराब कर्जा २१ अर्ब नाघ्यो
त्यस्तै, बैंकहरूको खराब कर्जाको मात्रा पनि बढेको देखिएको छ अहिले आक्रमक रणनीतिले ऋण विस्तार उच्च छ । २०७४ असारमा खराब ऋण १६ अर्ब थियो । २०७५ असारमा पनि १६ अर्ब नै थियो । तर २०७५ को चैतसम्म आइपुग्दा बढेर २१ अर्ब पुगेको देखिएको छ । यस अवधिमा बैंकहरूको लगानी २४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । २०७४ असारसम्म बैंक ऋण १७ खर्ब ३६ अर्ब थियो ।
राजधानीबाट





























प्रतिक्रिया