अन्तिम परिणाम : दुईतिहाईको सरकार बनाउन मोदीलाई ९ सिट कम

अन्तिम परिणाम : दुईतिहाईको सरकार बनाउन मोदीलाई ९ सिट कम


काठमाडौं,

भारतको लोकसभा चुनाव–२०१९ को अन्तिम मत परिणाम घोषणा गरिएको छ । चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ ।

फेरि एक पटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जीत हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५० सिटमा जीत हात पारेको छ । मोदीको गठबन्धनलाई दुईतिहाईको सरकार बनाउन ९ सिट कम भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जीत हात पार्दा ऊ नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जीत हात पारेको छ । हेर्नुस् कुन दलको कति सिट ? :

Logo