काठमाडौं । प्रहरीले कुनै पनि अभियुक्त सार्वजनिक गर्दा मुख छोपिएको हुन्छ । सामान्य घटनादेखि जघन्य अपराधमा संलग्न व्यक्तिलाई पनि प्रहरीले सार्वजनिक गर्दा मुख छोप्ने गरिन्छ । अपराधमा संलग्नलाई सार्वजनिक गर्नुनै अपराध प्रमाणित गरेको भन्ने होईन् । त्यसको फैसला न्यायालयले गर्छ ।
त्यसैले कुनै व्यक्तिलाई सार्वजनिक गर्दा मुख छोप्ने गरिन्छ । तर शुक्रबार ७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका एक अभियुक्तलाई भने मुख नछोपिकनै सार्वजनिक गरिएको छ । प्रहरीले ७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई सार्वजनिक गर्दा मुखमा मास्क नै नलगाएका हुन् ।
उनीसँगै अन्य ५ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा उपस्थित गराउँदा अन्सारीले मास्क लगाएका थिएनन् । प्रहरीले आग्रह गर्दासमेत उनले लगाउन मानेनन् ।
मास्क लगाउनुको कुनै अर्थ नरहेको भन्दै उनले लगाउन मानेनन् । किन मास्क नलगाएको भन्ने प्रश्नमा अन्सारीले भने, ‘मैले मास्क लगाउनुको अर्थै छैन ।’
६ जनालाई नै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुसलाई प्रहरीले पक्राउ गरेको थियो ।





























प्रतिक्रिया