अपडेटः विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख

अपडेटः विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको पाईएको छ । शुक्रबार दिउँसो बिमानस्थलबाट बरामद गरिएको उक्त नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रहेको प्रहरीले जनाएको छ ।

कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका युनुस अन्सारीलाई प्रहरीले २ सुटकेससहित नियन्त्रणमा लिएको थियो । उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको थियो ।

उनीसँगै ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले ती नोटसहित पक्राउ पर्नेमा पाकिस्तानी नागरिकमा नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर छन् ।

उनीहरुलाई लिन युनुस अन्सारीसहित ३ जना विमानस्थल पुगेका थिए । उनीहरु कतार एयरवेजमा पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

दुई सुटकेश नक्कली भारूसहित युनुस अन्सारी विमानस्थलबाटै पक्राउ

Logo