भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।
सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।































प्रतिक्रिया