रुकुम,
रुकुमपूर्वको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोरा र रुकुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओली रहेका छन् । रामचन्द्रको घटनास्थालमै र लक्ष्मणको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली गंभिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको बताइएको छ
सिरहामा बस र ट्रक ठोक्कियो, दुईको मृत्यु
सडकमा रहेको साढेलाई जोगाउन खोज्दा सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटनामा परेको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुर्घटनामा २५ जना घाइते भएका छन् ।
ना८ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन भने घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया