२१ सम्पादकहरुले जनाए मिडिया विधेयकप्रति सामूहिक आपत्ति

२१ सम्पादकहरुले जनाए मिडिया विधेयकप्रति सामूहिक आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विभिन्न सञ्चार माध्यममा आवद्ध २१ सम्पादकहरुले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन् । को उनीहरुले बिहीबार एक वक्तव्य जारी गर्दै उक्त विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत रहेको ठहर गर्दै फिर्ता लिन माग गरेका हुन् ।

संसदमा दर्ता भएको विधेयकले संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’लाई संकुचित गर्ने ठहर सम्पादक समूहको छ ।
‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामीसम्पादकहरु सरकारसँग माग गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा सुरु गरेको आन्दोलनमा सम्पादक समूहको पनि ऐक्यवद्धता रहेको पनि वक्तव्यमा उल्लेख छ।

‘पत्रकारिता क्षेत्रका कतिपय विकृत र असंयमित अभ्यासप्रति हामी सचेत छौं। त्यस्ता विकृति सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौं,’ सम्पादकहरुले उल्लेख गरेका छन्।

‘जनताको लोकतान्त्रिक अधिकार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षा तथा सम्वर्धनका लागि नेपालका पत्रकार दशकौंदेखि क्रियाशील छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेको प्रेसको अधिकारको रक्षा गर्न हामी सम्पादकहरु प्रतिबद्ध छौं,’ वक्तव्यमा उल्लेख छ।

Logo