मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन् । पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवाना लगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन् ।

‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ । विधेयकको मस्यौदा पत्रकार महासंघका अध्यक्ष, संघ÷संगठनका अध्यक्ष पनि समेटिएको कार्यदलले नै बनाएको हो । त्यही अनुसार आएको छ’, उनले भने, ‘दण्ड जरिवानाको विषयमा सच्याएर जान सकिन्छ, तपाईंहरूको सुझाव पाऊँ ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्यहरू पम्फा भुषाल र योगेश भट्टराईसमेत उपस्थित कार्यक्रममा नेकपानिकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, चौतारीका पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, प्रमोद दाहाल, गगन विष्ट लगायत उपस्थिति थियो ।

छलफलपछि अब संगठनका तर्फबाट मन्त्री बाँस्कोटालाई विधेयक परिमार्जनका लागि ज्ञापनपत्र बुझाउने र त्यही आधारमा नेकपा सांसदद्वारा प्रस्ताव लगी संशोधन गर्ने विषयमा छलफल भएको सहभागी एक पत्रकारले बताए । पत्रकार महासंघले विधयेकका विषयमा नियतवश मिडिया मिसन बोलाउने लगायत योजना बनाएकोमा भने छलफलमा आलोचना भएको थियो ।
अन्नपूर्णबाट

Logo