गुल्मी,
गुल्मीको दुर्गम गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट झण्डै १८ सय जनाले नागरिता पाएका छन् । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गम ठाउँहरुमा पुगि सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट १ हजार ७ सय ७९ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो ।
प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा एकीकृत घुम्ती शिबिर राखेको थियो । शिबिरमा पुरुषले भन्दा महिलाहरुले नागरिकता लिएका छन् । कुल संख्या मध्ये १ हजार १ सय १८ जना महिला र ६ सय ६१ जना पुरुषले नागरिकता लिएको प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।
प्रशासनले सदरमुकामबाट बिकट मानिने जिल्लाको कालिगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, मदाने गाउँपालिका र मालिका गाउँपालिकामा एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको हो ।
स्थानियको ८८ लाख बचत
प्रशासनले सञ्चालन गरेको घुम्ती शिबिरबाट गाउँमै सेवा पाएका उनिहरुको आर्थिक रकम पनि बचत भएको छ । दुर्गम गाउँबाट सदरमुकामसम्म गाडी चढेर आउनु पर्ने लगायतका खर्च नलाग्ने गरि गाउँमै सेवा पाएपछि खर्च पनि बचत भएको हो ।
जिल्लाका अति बिकट स्थानहरुमा राखिएको एकीकृत घुम्ती शिबिरबाट नागरिकको झण्डै ८८ लाख रकम बचत भएको छ । नागरिकता मात्रै बनाउन २ जना देखि ३ जना सदरमुकाम आउने र जाने, कतिपय होटलहरुमा बस्नु पर्ने गर्दा लाग्ने रकमबाट ८८ लाख रकम बचत भएको आकलन गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया