जब सामान्य झरीले नै बगायो कालोपत्रे सडक !

जब सामान्य झरीले नै बगायो कालोपत्रे सडक !

केन्द्रबिन्दु
0
Shares

दैलेख,

दैलेख बजारको मुख्य भाग देवकोटा चोकमा गतवर्ष गरिएको कालोपत्रे सडक यो वर्ष हराएको छ । दुई घण्टा परेको सामान्य झरीले दैलेख बजारको मुख्य चोकको पिच पखालियो । जसले गर्दा कालेपत्रे सडक अहिले धुलाम्मे सडकमा परिणत भएको छ । गणेश चोकदेखी देवकोटा चोकसम्म गरिएको कालोपत्रे गुणस्तरहीन हुँदा वर्षदिनसम्म पनि टिक्न सकेन ।

कालोपत्रे वर्षदिन पनि नहुँदै सामान्य पानीले बगाएपछि स्थानीयहरु अचम्ममा परेका छन् । मुक्तिनाथ निर्माण सेवाले भ्याट सहित २५ लाखमा कालेपत्रेको ठेक्का लिएको थियो । मुक्तिनाथबाट स्थानीय पेटी ठेकेदारले कालोपत्रे गरेका थिए । गुणस्तरहीन कालोपत्रे भएको भन्दै स्थानीयले विरोध समेत गरे । वर्षदिन ननाघ्दै कालोपत्रे उप्किदै धुलाम्मे भएपछि स्थानीयहरुले विरोध गरेका छन् । दिगो विकासका लागि नगरपालिकाले चासो नदेखाएकाले विकास वर्षदिन टिक्नै नपाएको शुसासनकर्मी निर्मल अधिकारीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत कालोपत्रेको विषयमा खुल्न चाहेनन् । ‘काम राम्रो भएपनि, पानी व्यवस्थापन हुन नसक्दा उप्किएको हो ।’ बस्नेतले भने।प्राविधिकलाई लिएर त्यसको कारण के हो भनेर बुझ्ने नारायण नगरपालिकका नगरप्रमुख रत्नबहादुर खड्काले बताए ।

वर्षाले नै कालोपत्रे बगाएको देखेर दुःख लागेको नारायण नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । उनले भने ‘दिगो विकास नहुँदा यस्तो समस्या झेल्नु परेको हो ।’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गत वर्ष पिच हुन्छ यो वर्ष भत्कनु दुःखद छ । अब, यसलाई चिरेर जानुपर्छ ।’
नागरिकबाट

Logo