महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याउने भएको छ । मोटरसाइकलमा सवारी गर्ने दुबै जनाले राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट हुनुपर्ने व्यवस्था गर्न लागिएको हो।
आइतबार महाशाखाका पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले नयाँ योजनामा अनलाइनमार्फत् जरिवानाबापतको रकम तिर्न सकिने ब्यबस्था गर्न लागेको पनि बताए । यसबाट चालकले लाइन बसेर बैंकमा भौचर भरेर रकम तिर्नु पर्ने समस्या समाधान हुने बताइएको छ। त्यसैगरी इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट थमाइने पनि एसएसपी पन्तले बताए।
त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको उनले बताए । त्यस्तै उपत्यकामा टेम्पो र निलो माइक्रोलाई विस्थापित गरेर ठूला सवारीलाई प्राथमिकता दिने योजना पनि महाशाखासंग छ ।





























प्रतिक्रिया