स्वाभिमानको आइपीओ तपाईलाई पर्यो कि परेन ? (नतिजा सहित)

स्वाभिमानको आइपीओ तपाईलाई पर्यो कि परेन ? (नतिजा सहित)

केन्द्रबिन्दु
0
Shares

स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान शेयर बाँडफांड गरेको हो ।

जस अनुसार ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्ये बाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्  । आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन्  ।

आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जस मध्ये कुल २३० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  ।  स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

Logo