देशको राजधानी काठमाडौंलाई तराईसँग जोड्ने सवैभन्दा छोटो र ऐतिहासिक मार्ग (गणेशमान मार्ग) चन्द्रागिरीको बाटो सुचारु भएको छ ।
सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै चित्लाङका स्थानीयले बिरोध गरेपछि निर्माण कम्पनीले बाटोको ट्रायक खोलिदिएको हो। ट्रयाक खोलेसंगै आज बिहानै देखि साना सवारीसाधनहरु चलिरहेका छन्।
आक्रोशित युवाहरुको समूहले शुक्रवार चन्द्रागिरीको बाटो निर्माणस्थलमै पुगेर विरोध गरेका थिए । स्थानीयले बाटोमा रहेको ढुंगामुढाहरु हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम समेत दिएका थिए ।
साढे २२ किमीको यो सडक मर्मतको पछिल्लो काम आव २०७१/०७२ देखि शुरु गरिएको थियो । यो सडक कसले बनाउने भन्ने विषयमा प्रदेश र केन्द्रिय सरकारबीच समेत तालमेल मिल्न नसक्दा केही महिना निर्माणको काम समेत प्रभावित भएको थियो ।
२०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो सडक स्तरोन्नतीको काम केन्द्रिय सरकारले गर्ने निर्णय गरेको थियो । यद्यपि चित्लाङ थानकोट सुरुङमार्ग निर्माणको काम पनि केन्द्रिय सरकारले नै गर्ने भएको छ । यो सडक स्तरोन्नतीका लागि करिव एक अर्ब १३ करोड रुपैंया लागत अनुमान गरिएको छ ।
हेर्नुहोस भिडियो
कुनै बेला चन्द्रागिरीको बाटोमा यसरी बोकिन्थ्यो गाडी





























प्रतिक्रिया