काठमाडौं । संसदमा बेला बेला हंगामा हुनुलाई कुनै नौलो विषय मानिदैन् । यो नेपालमा मात्र नभएर संसारभरका संसदमा कहिले कुर्सी तोड्ने, कहिले हानाहान गर्ने त भईरहन्छ । यसको अग्रपंत्तिमा रहेको छ बेलायती संसद । जुन स्क्याण्डल नै स्क्याण्डलले भरिएको छ ।
अहिले फेरि एउटा विषयले निकै चर्चा पाएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको छ । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरु संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ । यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरुले गरेका हुन ।
उनीहरुका अनुसार ब्रिटेन संसदमा सांसदहरुले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाईएको हो । पश्चिमा देशहरुमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरुले उक्त घटनाबारे छानविन गरेर दोषीमाथि कारवाही गर्न समेत माग गरेका छन् ।
सफाई कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो । सामाजिक संघले संसदको प्रबन्धकसँग छलफल गरेको थियो कि एक सांसदसँग शारीरिक सम्पर्क गर्न तिनीहरूलाई जिस्क्याउने गर्ने गरेको गुनासो आएको थियो ।





























प्रतिक्रिया