काठमाडौं,
आज पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा नै छ । आज पश्चिमको मौसम खुल्ने सम्भावना निकै कम छ ।
यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति भने खुल्ने सम्भावना रहेको बताइएको छ ।





























प्रतिक्रिया