काठमाडौं,
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ सालमा गएको भूकम्पपछिको बाँकी पुननिर्माणको काममा अन्तर्राष्ट्रिय समुदाय लगानी गर्न उत्सुक देखिएका छन् ।
भूकम्पपछिको पुननिर्माणको बाँकी काम सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायले थप लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय समुदायसँगको छलफलमा उनीहरूले थप लगानी गर्न प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंकका कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघ अन्तर्गतको यूनडीपीका विपद् विभाग निर्देशक लगायतसँग छलफल गरेका थिए ।
जेनेभामा शुक्रबार सम्पन्न पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोबल प्लेटफर्ममा ज्ञवालीले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालको पुनर्निर्माण र पुनस्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए । सो क्रममा उनले थप सहयोगका लागि अपिलसमेत गरेका थिए । सम्मेलन जारी रहेकै अवस्थामा ज्ञवालीले छुट्टाछुट्टै भेटवार्तासमेत गरेका थिए ।
‘पुननिर्माण सम्बन्धी विश्व सम्मेलनका क्रममा विश्व बैंकका निर्देशकसँग नेपालको पुनर्निर्माण र पुनःस्थापना सम्बन्धी कुराकानी गरेका छौं ।’ ज्ञवालीले भने, ‘नेपालमा पुनर्निर्माणमा भएको प्रगतिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’
राजधानीबाट





























प्रतिक्रिया