रोकियो धरहरा निर्माणको काम, गरे स्थानीयले अवरुद्ध (भिडियोमा)

रोकियो धरहरा निर्माणको काम, गरे स्थानीयले अवरुद्ध (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।

धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए । करिव १३ प्रतिशत काम सम्पन्न भईसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन । ६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले जानकारी दिए ।

Logo