नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पूराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतिको सामना गरेर अघि बढनु भएको उल्लेख गर्दै अव पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।
२६ आंै मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पूरा भएको अवसर पारेर शुक्रबार काठमाडौंको मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारीले जे–जे भन्नु भयो, त्यही कुरालाई दोहो¥याई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतिहरुको सामना गरेर अघि बढने ? भनि प्रश्न पनि गरेका छन् ।
‘कमरेड मदन भण्डारीले जे जे भन्नु भयो, त्यही कुरा दोहो¥याई राख्ने कि आजको राष्ट्रिय÷अन्तराष्ट्रिय परिस्थिति, नेपाली जनताको आवश्यक्ता र चाहनाको ठिक ढंगले मूल्यांकन गरेर मदन भण्डारीको विचारलाई नयाँ परिस्थिति अनुसार अझ विकसित गर्दै लैजाने ?’ अध्यक्ष दाहालको प्रश्न थियो ।
अध्यक्ष दाहालले पूरानै मान्यतालाई छोडन नसक्ने केही पूराना कम्युनिष्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको दावी पनि गरे ।
उनले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको पनि स्पष्ट पारेका छन् । वर्तमान नेतृत्वले नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहस नगरेको दुई पार्टीबीच एकता हुने सम्भावना नरहेको पनि दोहो¥याएका छन् ।





























प्रतिक्रिया