भक्तपुर । मानवअंग प्रत्यारोपण केन्द्रका ११ नर्स पक्राउ परेका छन् । ८ दिनदेखि अनसन बसिरहेका ११ नर्सलाई प्रहरीले पक्राउ गरेको हो ।प्रशासनले आफ्ना मागको सुनावाइ नगरेपछि नर्सहरूले अस्पतालमै आन्दोलन थालेका थिए ।
अस्पतालमा सेवा लिन आउने मृगौलाका बिरामीहरूको एक्सरे लगायतका परीक्षणहरू केन्द्रमै राखेर बिरामीका गुनासोको व्यवस्थापन गर्न, नर्स र बिरामीको अनुपात मिलान गर्न, अस्पतालको जनशक्तिका लागि लोकसेवा खुलाउन र स्थापनाकालदेखि कार्यरत नर्स तथा कर्मचारीलाई प्राथमिकता दिन, ठेकेदारी प्रथाद्वारा कुनै पनि कर्मचारी नियुक्त नगर्न लगायतका ६ बुँदे माग राखेर उनीहरू वैशाख ११ देखि आन्दोलनमा छन् ।
नर्स विक्की शेर्पा भने आमरण अनसन बसेकी छन्। उनको स्वास्थ्य जटिल बन्दै गएपछि अन्य नर्सहरुले अस्पताल ठप्प पारेका हुन् । त्यसपछि प्रहरीले ११ नर्सलाई पक्राउ गरेको हो ।





























प्रतिक्रिया