डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । "/>

युवतीको ठगी धन्दा: अष्ट्रेलिया लैजाने भन्दै विवाह, पैसा हात परेपछि फरार

युवतीको ठगी धन्दा: अष्ट्रेलिया लैजाने भन्दै विवाह, पैसा हात परेपछि फरार

केन्द्रबिन्दु
0
Shares

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफू अष्ट्रेलियाको पीआर होल्डर भएको र डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने रेजिना अधिकारीसहित दुई जना पक्राउ परेका हुन् ।

अधिकारीले गोकर्णेश्वर नगरपालिका–४ माकलवारीका अमित श्रेष्ठसँग कानुनी विवाह गरेकी थिइन् । सुनसरी अमाहीबेल्ला गा.वि.स नं–७ स्थायी घर भइ नयाँबानेश्वर बस्दै आएकी अधिकारीले अमित श्रेष्ठसँग कानुनी विवाहपछि चार लाख पचास हजार ठगी गरी सम्पर्कविहीन भएकी थिइन् ।  अधिकारी सम्पर्कविहिन भएपछि श्रेष्ठको उजुरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मध्यबानेश्वरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

उनले चाँगुनारायण–३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसबरीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङ्वोलाई पनि पक्राउ गरेको छ ।

Logo