ललितपुर
ललितपुरको धापाखेलस्थित आरके कार्पेट एण्ड ह्यान्डीक्रायाफ्ट उद्योगमा विहिबार साँझ आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । सो उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।
उद्योगमा आगलागी हुँदा बुनेर भण्डारण गरिसकेको एक करोडको कार्पेट, उद्योगको तानमा लगाइरहेको ५० लाखको धागोसहित ५० लाख बढीको भौतिक संरचना जलेर नष्ट भएको सो उद्योगका सञ्चालक ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।
“एक रोपनी क्षेत्रफलमा रहेको कार्पेट उद्योग पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्”, घिमिरेले भन्नुभयो, “उद्योगभित्र बस्ने ११ परिवारको कति रकम र सामान जलेर नष्ट भए त्यसको यकिन जानकारी हुन सकेको छैन ।” सो कार्पेट निर्माणमा प्रयोग हुने सिल्क र कटनको धागो अतिनै महँगो हुने घिमिरेले बताउनुभयो ।





























प्रतिक्रिया