रुपन्देहीमा गोली चल्यो, हतियारसहित १ भारतीय पक्राउ

रुपन्देहीमा गोली चल्यो, हतियारसहित १ भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले १ जना भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनीबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको छ ।

Skip This
Skip This
Logo