एनआईसी एशिया बैंक र अल्का अस्पतालबिच सम्झौता

एनआईसी एशिया बैंक र अल्का अस्पतालबिच सम्झौता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएको छ ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

Skip This
Skip This
Logo