हिमालमा फल्ने स्याउ तराईमै फल्न थाल्यो

हिमालमा फल्ने स्याउ तराईमै फल्न थाल्यो

केन्द्रबिन्दु
0
Shares

बुटवल,

हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा पनि फलेको छ । रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो । यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो ।

तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए । गतवर्ष ४/५ वटा मात्रै फल लागेका थिए । यो वर्ष भने स्याउको बोटमा लटरम्म फल लागेका छन् ।

जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो । चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ । जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको छ ।

‘५० वटा विरुवाको ग्रसिङ गरी लो मिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ, उनले भने । उनको नर्सरीबाट विरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ । गुल्मी र पाल्पामा समेत एकैसाथ विरुवा रोपिएको थियो । ती सबै वोटले फल दिएका छन्।
अन्नपूर्णबाट

Logo