काठमाडौं,
आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ । स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफल सम्बन्धी विभिन्न कार्यक्रममा स्रोतले भ्याएसम्म चुनावी प्रतिबद्धता अनुसार बजेट बनाउने बताइसकेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको पूर्वबजेट सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा आफू रहेको बताएका थिए ।
आगामी आर्थिक वर्षमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म वृद्धि गर्ने र सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी सरकारले थालेको हो । चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन लागिएको हो ।
नागरिकबाट































प्रतिक्रिया