दैलेख,
कर्णालीका केही निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेका छन् । कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।
दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख रूपैयाँ लागतको घट्टेखोलामा पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो । सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर ८ वर्ष वितिसक्दा पनि अधुरै छ ।
त्यस्तै दैलेखको झक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ । जसको सम्झौता दुई वर्षभित्रै सक्ने भनेर २०६७ सालमा भएको थियो । तर अहिलेसम्म अधुरै छ । दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा साढे ४ करोड रूपैयाँभन्दा बढी लागतमा २०६८ सालमा बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । साथै सरुवार सुनकोसी र कवीर जेभी कम्पनीले पनि बीचमै पुलको काम छाडेर भागेको छ ।
कम्पनीले बीचमै काम छोडेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । यसका साथै कर्णाली राजमार्गको विहानी खोला खल्लाघाट बाहेक दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, बालीगढ, सिम्ला खोला, किटुखोला, शाही खोलामा वर्षौ पहिलेदेखि निर्माण भइरहेका पक्की पुल अहिले पनि अलपत्र अवस्थामा छन् ।
कारोबारबाट





























प्रतिक्रिया