पाँचथरमा घाँटी रेटेर १५ वर्षीया किशोरीको हत्या

पाँचथरमा घाँटी रेटेर १५ वर्षीया किशोरीको हत्या

केन्द्रबिन्दु
0
Shares

पाँचथर । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको घाँटी रेटेर हत्या गरिएको हो ।

शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।

हत्या कसले र किन गर्‍यो भन्ने खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलको भनाई छ । हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ ।

Logo