बुलन्द आवाजले चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो ।
श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो ।
दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए । पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ-नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए ।
उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।





























प्रतिक्रिया