काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ ।
नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर ल्याएकी थिइन् ।
‘हामीलाई पूर्व सूचना थियो । सादा पोशाकका प्रहरी परिचालन गरेर पक्राउ गरेका हौं,’ भण्डारीले भने’, उनले हाइड्रोपावरमा लगानी गर्ने भनेर बताएकी थिइन् ।’ यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको उनले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया