(रामजी बलामी)
कुलेखानी अर्थात ईन्द्रसरोवर ताल । यही तालको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीको मुख्य विशेषताहरु हुन् जलविद्युत आयोजना, कृत्रिम ताल, माछा र डुंगाको सयर ।
चारैतिर हरियाली जंगलले घेरिएर रहेको यो तालको हरियो पानीले जो कोहीलाई पनि मोहित पार्छ । माछा मार्न राखिएको तिहारी (जाल) र डुंगा सयरको दृश्यले कुलेखानी थप हेर्न लायक देखिन्छ ।
७ किलोमिटर लामो यो तालमा डुंगा सयर गर्दाको मज्जा बेग्लै छ । त्यसैले त यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्छ । पर्यटकहरुको बाक्लो उपस्थितीकै कारण यस क्षेत्रमा होटल, होमस्टे र रिसोर्टहरु राम्ररी फस्टाएका छन् ।
माछाका लागि प्रसिद्ध ठाउँ हो कुलेखानी । चिसो पानीको माछा भएकाले यहाँको माछाको स्वाद बेग्लै छ । माछा उत्पादनका लागि यहाँ मत्स्य व्यवसायी संघ गठन गरिएको छ । ६८५ जना शेयर सदस्य छन् । यहाँ दिनहु माछा मारिन्छ ।
माछा मार्नका लागि संघले नै कर्मचारी नियुक्त गरेका छन् । उनीहरुले मात्रै माछा मार्न पाएछन् । यसरी मारेको माछा संघलाई बुझाउनुपर्ने हुन्छ । संघले उक्त माछा विक्रि गरेर उनीहरुलाई वार्षिकरुपमा कमिसन दिन्छ । यहाँ माछा मार्ने प्रक्रिया पनि भिन्दै खालको छ ।





























प्रतिक्रिया