रामेछाप र सिन्धुपाल्चोकका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

रामेछाप र सिन्धुपाल्चोकका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

रामेछापको मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र मन्थली नगरपालिकाका पुरानागाउँका ११ वर्षीय बालक चोककुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कच्ची सडक र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

यता एउटै दिशाबाट आएको बसले स्कूटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक स्थित अरनिको राजमार्गको बलेफीमा एकजनाको मृत्यु भएको छ ।

खाडिचौरबाट बलेफी जाँदै गर्दा बा ७२ प ९०२४ नम्बरको स्कूटरलाई ना ३ ख ९३४ नम्बरको यात्रु बसले ठक्कर दिंदा स्कूटर चालक बाह्रबिसे नगरपालिका ७ का २२ बर्षिय बिजय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिएर भागेको बस र चालकलाई बन्देउ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिए ।

Logo