एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दा पनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकांस जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।

सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भन्नुभयो । कर्मचारी अभावले गर्दा उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको उहाको भनाई थियो । कर्मचारीले उत्तरपुस्तिका रुजु गरी, कोडिङ गर्ने र परीक्षण केन्द्रमा पु¥याउने गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo