आइपीएलमा दिल्ली र सनराइजर्स भिड्दै, सन्दीपको सम्भावना कति ?

आइपीएलमा दिल्ली र सनराइजर्स भिड्दै, सन्दीपको सम्भावना कति ?

केन्द्रबिन्दु
0
Shares

आईपीएलको आज हुने इलिमिनेटर खेल अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग खेल्दैछ ।

युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ भने खेल जित्ने टोलीले फाइनल प्रवशेका लागि चेन्नाइ संग खेल्नेछ ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो ३ खेलदेखि सुरुआती सेटमा स्थान बनाउन असफल छन् । आईपीएलमा समग्रमा उनले १२ विकेट लिइसकेका छन् ।

यसैबीच मुम्वइ इण्डियन्स इण्डियन प्रिमियर लिग, आइपिएलको फाइनलमा प्रवेश गरेको छ । गएराती चेन्नाइ सुपर किङसलाई पराजित गर्दै मुम्वइ आइपिएलको फाइनलमा प्रवेश गरेको हो । आइपिएलमा मुम्वइको यो पाचौं फाइनल यात्रा हो ।

घरेलु मैदानमा चेन्नाइले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन । पहिला ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान महेज्द्र सिंह धोनीले अविजित ३७ तथा अब्बाती रायडुले अविजित ४२ रन जोडे । चेन्नाइलाइ सस्तैमा रोक्ने क्रममा चाहरले मुम्वइका लागि दुइ विकेट लिए ।

जवाफमा मुम्वइले लक्ष्य १९औं ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । उसका लागि सूर्यकुमारले अविजित ७१ रनको पारी खेले । जितपछि मुम्वइले फाइनलको यात्रा पक्का गर्यो ।

Logo