पाल्पामा जमीनमुनिबाट ग्यास निस्केपछि…

पाल्पामा जमीनमुनिबाट ग्यास निस्केपछि…

केन्द्रबिन्दु
0
Shares

पाल्पामा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्किएको छ ।

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको हो ।सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको हो ।

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किेको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ ।

स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् ।

Logo