आजको मौसम : देशभरीकै मौसम सफा हुने

आजको मौसम : देशभरीकै मौसम सफा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आज र भोलि देशभरीकै मौसम सफा हुने मौसमविद्हरुले अनुमान गरेका छन् ।

अहिले प्रिमनसुन कमजोर भएकाले देशभरीकै मौसम सफा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुने उहाँको अनुमान छ । केहि दिनदेखि पानी नपरेपछि अहिले देशभरी नै गर्मी बढेको छ ।

Logo