काठमाडौं
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । ‘उपनिर्वाचनबारे अहिले आन्तरिक छलफल गरिरहेका छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ‘अहिले कहाँ रिक्त छ , ऐन कानून परिमार्जन गर्नुपर्ने अवस्था छ कि छैन, मतदाता नामावली संकलन गर्नुपर्ने, मतदान केन्द्र परिर्वतन गर्नुपर्ने कि नपर्ने आदि जस्ता विषयमा आन्तरिक छलफलहरु भइरहेको छ ।’
नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन । तर अब तयारी अघि बढ्नेमा आफू विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
सरकारले उचित कानूनी प्रबन्धसहित उपनिर्वाचनको मिति घोषणा गरेमा आयोग सोहीअनुरुप अघि बढ्नेछ ।’–आयुक्त इश्वरीप्रसाद पौडेलले भन्नुभयो ‘निर्वाचनको तयारीका लागि आयोगलाई पर्याप्त समय हुने गरी मिति घोषणा गरिनुपर्दछ ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया