काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको मृत्यु भएको छ । गलत समूहको रगत चढाउँदा गम्भीर भएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गएराति मृत्यु भएको हो । शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाएपछि उनको स्वास्थ्य गम्भीर बनेको थियो ।
शल्यक्रियामा डा. नवीनचन्द्र गौतमले बालिकाको मृत्यु भएको पुष्टि गर्दै के कारणले मृत्यु भएको हो अनुसन्धान भइरहेको जानकारी दिए । मृतक बालिकाका आफन्त भने अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आक्रोशित बनेका छन् ।
अस्पतालले सम्बनधित चिकित्सकलाई कारबाही र बालिकाको परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने पक्षमा छन् । बालिकाको शव अहिले गंगालाल अस्पतालनै राखिएको छ । मृतकका आफन्तले गंगालाल परिसरमा आन्दोलन गरिरहेका छन् ।
मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ । तर रगत चढाइएको रिपोर्टमा भने ‘ए’ पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।
अस्पतालले बालिकाको रगत समूह ‘ए’ पोजिटिभ नै थियो भन्ने जबर्जस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीनवटा रिपोर्टमा केरकार गरी आफैंले लेखेको ‘ओ’ पोजिटिभको ठाउँमा ‘ए’ पोजिटिभ बनाएको भेटिएको छ ।





























प्रतिक्रिया