राजस्थानले दिल्लीलाई दियो ११६ रनको चुनौती

राजस्थानले दिल्लीलाई दियो ११६ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ११६ रनको चुनौती दिएको छ । राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि रियन प्रागले अर्धशतकीय पारी खेले । ४९ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । त्यस्तै लिम लिविनस्टोनले १४ रन जोड्दा शेयस गोपालले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्रले समान तीन तीन विकेट लिए । त्यस्ते टेन बोल्टले दुई विकेट लिए ।

दिल्लीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आजको खेलमा पनि बेन्चमा परेनन् ।

Logo