प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ ।
शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताएका हुन् ।
उनका अनुसार बिहीवार रातिदेखि फैलिएको झाडापखालाबाट अहिलेसम्म २० जना बिरामी परेका छन् ।
अहिले बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली गएको छ ।
झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताए । गत वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो ।





























प्रतिक्रिया