काठमाडौ । भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवात आएको छ । प्रतिघण्टा १७५ किलोमिटर गतिले चलिरहेको हावा विस्तारै २०० किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान गरिएको छ । भारतका विभिन्न स्थानमा हवाई, रेल तथा यातायात सेवा बन्द गरिएको छ । भने ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाल भारतका धेरै स्थानमा वर्षा हुनुका साथै हावाहुरी चलिरहेको र मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ। ओडिशाबाट बंगाल हुँदै बंगलादेशमा फानीले प्रभाव पार्ने भारतीय अधिकारीहरुले बताएका छन्।
फानी प्रवेश गर्ने मार्गहरुमा समेत मानिसहरुलाई सुरक्षित स्थान तर्फ लैजाने प्रयास भइरहेको छ। भारतीय जलसेनाका तीन जहाजहरुलाई राहतकार्यका लागि तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ । ३४ समूह बनाई राहत तथा उद्धार कार्यमा सेनालाई खटाउने अधिकारीले बताएका छन्।
फानीले नेपालमा समेत प्रभाव पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार मध्याह्नपछि नेपालको पूर्वी र मध्य भागमा फानीका कारण मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । साथै हावाहुरी र चट्याङको अनुमान पनि महाशाखाको छ ।
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि (शनिबार) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा भारी वर्षा हुसक्ने तथा हिमाली क्षेत्रमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।
आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाको अनुमान छ। पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ ।
यसैबीच गृह मन्त्रालयले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शुक्रबार मध्याह्नदेखि शनिबार दिनभरसम्म हेलिकप्टर उडान नगर्नरनगराउन समेत आग्रह गरेको छ। पर्यटक तथा यात्रुलाई सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ।





























प्रतिक्रिया