कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक

कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन् । मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ ।

कुखुराको अण्डा र मासु पकाउँदा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने चिकित्सकहरु बताउँछन् । स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले कुखुराको मासु र अण्डा कम्तिमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लू कारण कुखुराको मासु वा अण्डा खानै नहुने भन्ने भ्रममा पर्न आवश्यक नभएको बताए । एक सय डिग्री सेल्सियस नभई उसिनेको अण्डा पाक्दैन । यसले गर्दा अण्डा खानै नहुने भन्ने होइन ।’

बर्डफ्लूको संक्रमणबाट एक युवकको मृत्यु भएको सार्वजनिक भएपछि कुखुराको अण्डा र मासु खान उपभोक्ताहरु हिचिकिचाएका छन् । बर्ड फ्लूको संक्रमणपछि गत चैत १५ गते उनको निधन भएको थियो ।
अन्नपूर्णबाट

Logo