काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भेगमा हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौं उपत्यकामा हावाहुरीसहितको भारी वर्षा भईरहेको हो । विभिन्न ठाउँमा असिना पनि परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भु-भाग लगायात मध्य र पुर्वका पहाडी भु-भागमा आंसिक देखि सामान्य बदली तथा सामान्य वर्षा भईरहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी भूभाग साथै पुर्बी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको हो ।
भोलि (बिहीबार) पनि देशैभर आंसिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ । देशको पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी क्षेत्रका केहि स्थानमा मेघ गर्जन, हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै भोलि राति पनि देशैभर आंसिकदेखि सामान्य वदली भई पानी पर्ने सम्भावना रहेको छ । महाखाशाले सामान्य हावाहुरी चल्ने भएकाले केही सतर्क रहन सबैलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया