बालकको मृत्युपछि कान्ति बाल अस्पताल तनावग्रस्त

बालकको मृत्युपछि कान्ति बाल अस्पताल तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

कान्ति बाल अस्पतालमा तनाव भएको छ । बालाजुकबा ८ वर्षीय अंकित खत्रीको उपचारको क्रममा ज्यान गएपछि मृतकका आफन्तले विरोध गरेका छन् । पेट दुखेपछि मंगलबार अंकितलाई उनका बुवाआमाले कान्ति लगेका थिए ।

डाक्टरले ग्यास्ट्रिक भएको भन्दै खाली पेटमा खानका लागि औषधी दिए । अंकितकी काकी मधु केसीका अनुसार डाक्टरले भनेअनुसार आज बिहान खाली पेटमा औषधी खाएपछि बान्ता भयो र चक्कर लाग्यो ।

चक्कर लागेर लडेका अंकित पूरै निलो भए र लगत्तै वीर अस्पताल लगियो । वीर अस्पतालले त्रिविमै रिफर गरिदियो । कान्तिका डाक्टरले छाती थिचेर बच्चा जिउँदै छ भने पछि रगत परीक्षण पनि गरियो । तर त्यसको केही समयपछि डाक्टरहरुले अंकितलाई बचाउँन सकेनौं भन्दै जानकारी गराएको मधुको भनाई छ ।

डाक्टरकै लापरवाहीले अंकितको निधन भएको आफन्तले आरोप लगाएका छन्। डाक्टरले दिएको औषधी उनीहरुले नै भने अनुसार खाएपछि समस्या देखिएको मधुको भनाई छ । घटनापछि त्रिवि अस्पतालमा बालकका आफन्तले प्रदर्शन गरेका छन्।

प्रहरीले होहल्ला गरेको भन्दै अंकितका बुवा धनवीर खत्रीलाई नियन्त्रणमा लिएको थियो । केही बेरपछि रिहा गरिएको मधुले बताईन् । अस्पतालका निदेर्शक डा. गणेश राईले घटनाबारे छानविन गरिने बताए । के कति कारणले भएको भन्नेबारे बुझ्ने काम भईरहेको उनको भनाइृ छ ।

Logo