रक्सी तस्कर समूहले लुट्यो असईको पेस्तोल

रक्सी तस्कर समूहले लुट्यो असईको पेस्तोल

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । तस्करहरुको समूहले धनुषामा प्रहरीको हतियार लुटेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा भारततर्फ रक्सी तस्करी गर्ने समूहले गस्तीमा रहेको प्रहरीको हतियार लुटेर फरार भएको हो ।

प्रहरीले तस्करी समूहबीच झडप भएको थियो । झडपको क्रममा तस्कर समूहले नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल लुटेको हो । उनीहरुले त्यसाम प्रयोग भएको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ ।

अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

File Photo

Logo