राष्ट्रपति आज फर्किंदै : उपराष्ट्रपति अस्ट्रिया र प्रधानमन्त्री भियतनाम जाने

राष्ट्रपति आज फर्किंदै : उपराष्ट्रपति अस्ट्रिया र प्रधानमन्त्री भियतनाम जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर आज स्वदेश फर्किने भएकी छिन् । राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी बिहान १०ः४० बजे काठमाडौं फर्किंदै छिन् ।

यस्तै प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन् । जेठमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सातदिने अस्ट्रिया भ्रमण गर्दै छन् ।

यता अमेरिकी र भारतीय अधिकारीको पनि नेपालमा भ्रमण हुँदैछ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओली २६ वैशाखमा आफ्ना समकक्षी सुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै छन् । चीनको छिमेकी भियतनाममा उच्चस्तरीय भेटवार्ता सकेर ओली समकक्षी हुन सेनको निमन्त्रणामा कम्बोडिया जानेछन् । प्रधानमन्त्री १ जेठमा स्वदेश फर्किने तय भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन १२ देखि १८ जेठमा अस्ट्रियाको औपचारिक भ्रमणमा जाँदैछन् । मन्त्रिपरिषद्ले उनको भ्रमण स्वीकृत गरिसकेको छ । भियनास्थित नेपाली दूतावासले उनको भ्रमणको संयोजन गरिरहेको छ ।

Logo