अर्घाखाँची, पाल्पा क्षेत्रमा हुरी बताससहित वर्षाको सम्भावना

अर्घाखाँची, पाल्पा क्षेत्रमा हुरी बताससहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश ५ का विभिन्न जिल्लाहरुमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी प्रदेश ५ का अर्घाखाँची, पाल्पा लगायतका क्षेत्रमा हुरी बतास, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको भन्दै महाशाखाले अर्घाखाँची, पाल्पा आसपासमा केहि समयकालागि सामान्य हुरी बतास, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

त्यस्तै भोलि दिउँसो पनि देशका पहाडि भेगमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहेने महाशाखाले अनुमान गरेको छ । पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि (बुधबार) राति पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा र पूर्वी तराई भेगका एक-दुई स्थानमा सामान्य हुरीरबतास चल्ने सम्भावना रहेको छ ।

Logo