काठमाडौं
सत्तारुढ दल नेकपाको बैठकमा बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटना छानबिनको माग उठेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेताहरूले जग्गा प्रकरणमा महासचिव पौडेल मात्र नभई पार्टीलाई समेत मुछेर आक्रमण बढेको भन्दै छानबिन माग गरेका हुन् ।
वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ बाहिर ल्याउनु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । ‘पार्टी महासचिवलाई मुछेर आक्रमण तीव्र बनाइएको छ । साथमा पार्टीलाई पनि मुछ्ने काम भएको छ, उहाँ (महासचिव) लाई मात्र किन एक्लो पार्ने ? यस विषयमा पार्टी केही बोल्नुपर्छ,’ रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले बालुवाटार जग्गाको विषय पार्टी बैठकमा प्रवेश गराएका थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसबारे चर्चा नगरे पनि त्यसपछि बैठकमा वरिष्ठ नेता नेपालले सम्पूर्ण कागजात संकलन गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।
अन्नपूर्णबाट





























प्रतिक्रिया