पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पा । जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती चढेको लु १ ज १९४१ जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

६ जना सवार जीपमा एक जना भने हाम फालेर बाँच्न सफल भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन । उद्दार र थप अनुसन्धानको भइरहेको पोखरेलले बताए ।

Logo