दल दर्ताको लागि सीके राउत निर्वाचन आयोगमा

दल दर्ताको लागि सीके राउत निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सीके राउतले गठन गरेको जनमत पार्टीले दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार ३५ जना केन्द्रीय सदस्यसहित सीके राउत दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान र सरकारबीच गत २४ फागुनमा भएको ११ बुँदे सहमतिपछि उनले जनमत पार्टीको गठन गरेका थिए । ‘विधान लेखन र अन्य कामहरु सम्पन्न भएपछि हामीले दल दर्ताका लागि आयोगमा निवेदन दिएका छौँ’ जनमत पार्टीका नेता चन्दन सिंहले भने, ‘नेपालको संविधान अनुसार स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई स्विकार्दै समावेशी विधान बनाएका छौँ । आशा छ, आयोगले स्विकार्ने छ ।’

विधानमा पार्टीको मुख्य राजनीतिक सिद्धान्त ‘जनसम्प्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवाद’ रहेको पनि उनले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo